कञ्चनपुर। कञ्चनपुर प्रहरीद्धारा ५ हजार गाँजाका बोट नष्ट गरिएको छ । कञ्चनपुर प्रहरी कार्यालयको मातहत प्रहरी इकाईले आआफ्नो वडा एरियामा स्थानिय, समाजसेवी, बुद्धिजिवी, युवा क्लवको सहभागीता प्राकृतिक रुपमा आफै उम्रेका लागुऔषध ५,००० गाँजाका बोट फडानी गरी नष्ट गरेको हो ।
साथै लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालयले एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ। वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर बहादुर माझी लगायतको टोलीले लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतनामुलक प्लेकार्ड बोकी पर्चा पम्पलेट वितरण गरेको थियो।
जनचेतनामूलक कार्यक्रममा १८/२० जनाको सहभागितामा र्याली निकालेर बजार परिक्रमा गरिएको थियो। दिवसको अवसरमा सामुदायिक केन्द्रका अध्यक्ष कृष्ण बोगटी, लागुऔषध नियन्त्रण उपसमितिका अध्यक्ष भगवती थापा, हेल्प नेपालका प्रतिनिधि लगायतको सहभागिता भएको थियो।