धनगढी: धनगढीमा आमरण अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल र केसीका सहयोगी डा.अमृत जैशी बिच वार्ता सुरु भएको छ । आइसियुमा रहेका डा.केसीलाई भेटेपछि अस्पताल प्रशासनमा वार्ता सुरु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि डा। केसीलाई आइतबार दिउँसो सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। अस्पतालले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको र बोल्न तथा हिँडडुल गर्नसमेत कठिनाइ हुन थालेको जनाएको छ।
अस्पतालका अनुसार डा. केसीले आमरण अनसनलाई निरन्तरता दिँदै सुगरको मात्रा कायम राख्न दिइने स्लाइन तथा अन्य उपचारसमेत लिन अस्वीकार गरिरहेका छन्। उनको उपचारमा चार सदस्यीय चिकित्सक टोली २४ सै घण्टा खटिएको अस्पतालले जनाएको छ। विभिन्न माग राख्दै डा। केसीले गत बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनसन सुरु गरेका थिए।

