डडेल्धुरा: स्थानीय भाषामा ‘देहिजात’ नामले परिचित सुदूरपश्चिमको उग्रतारा भगवती मेला सम्पन्न भएको छ । सोमवबार साँझदेखि सुरु भएको मेला मंगलबार बेलुकी सम्पन्न भएको हो ।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाको दिन मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको थियो ।
देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनु भयो ।


