बझाङ : बझाङको केदारस्युँ गाउँपालिकाबाट प्रहरीले एक थान एकनाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा केदारस्युँ गाउँपालिका–७, काँडाचौरका बहादुर धामी रहेका छन्। प्रहरीका अनुसार मंसिर ८ गते बिहान करिब २ः३० बजे धामीको घर तथा आँगनमा खानतलासी गर्ने क्रममा घरनजिकै रहेको खरको कुन्यूमा लुकाइराखेको अवस्थामा एक थान एकनाले भरुवा बन्दुक फेला परेको थियो।
बरामद बन्दुकसहित धामीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


