धनगढी: धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर इन्टरएक्सन टिम (BIT) परिचालनको औपचारिक शुभारम्भ गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल बैद्यनाथ बाहिनी मुख्यालय, अत्तरियाका बाहिनीपति दिग विजय सुबेदीले विशेष कार्यक्रमबीच BIT परिचालनको शुभारम्भ गर्नुभएको हो।
सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने, सीमापार हुने गतिविधिमाथि प्रभावकारी निगरानी राख्ने तथा स्थानीय समुदायसँग समन्वय र सहकार्य बढाउने उद्देश्यले BIT परिचालन गरिएको जनाइएको छ। कार्यक्रममा सुरक्षा निकायका अधिकारी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले BIT परिचालनले सीमा सुरक्षा र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

