धनगढीः बैतडीको बाजपानी नजिकै बझाङबाट धनगढीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। सुपप्र ०१–००१ ख ३८४५ नम्बरको उक्त बस आलुगैरामा ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार यात्रुले भरिभराउ रहेको बस अनियन्त्रित भई भिरतर्फ सोझिएको थियो। दुर्घटनामा सबै यात्रु सकुशल रहेको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।


