धनगढी। प्रारम्भिक शिक्षाको गुणस्तर अभिवृद्धि, अङ्ग्रेजी शिक्षणलाई प्रभावकारी बनाउने तथा संस्थागत विद्यालयहरूको सशक्तीकरण गर्ने उद्देश्यसहित एसोसिएसन अफ प्रि–स्कुल एजुकेसन नेपाल (APEN) को सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्ला कमिटी गठन गरिएको छ।
धनगढीस्थित एक स्थानीय क्याफेमा सम्पन्न विशेष भेलाले प्रदेश तथा जिल्लाका संस्थागत विद्यालयका प्रतिनिधिहरूको सहभागिताबीच सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। भेलामा संस्थाको भावी कार्यदिशा, संगठन विस्तार, सदस्यता वृद्धि, शिक्षकको क्षमता विकास र शैक्षिक गुणस्तर सुधारका विषयमा विस्तृत छलफल गरिएको थियो।
नवनिर्वाचित सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मोहनराज ओझा, उपाध्यक्षमा निर्मल बहादुर सिंह, सचिवमा सुरेन्द्र बोहरा, कोषाध्यक्षमा भोवी बहादुर कटुवाल तथा सह–सचिवमा भक्तराज ओझा चयन भएका छन्।
यस्तै कैलाली जिल्ला कमिटीको अध्यक्षमा शंकर बहादुर मल्ल, उपाध्यक्षमा अच्युत दाहाल र सृष्टि हुमागाईँ मल्ल, सचिवमा सरिता शाह तथा कोषाध्यक्षमा सुनिता पडाल चयन भएका छन्।
त्यस्तै प्रदेश सल्लाहकारमा नृप बाहदुर कुवंर र सदस्यमा ज्ञानु जोशी त्यस्तै जिल्ला सल्लाहकारमा सुजित शर्मा र सदस्यमा ओमजंग सिंह चयन भएका छन् । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। सहभागीहरूले संस्थागत विद्यालयहरूबीच आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै गुणस्तरीय प्रारम्भिक शिक्षा, शिक्षकको व्यावसायिक विकास र बालमैत्री शिक्षाको प्रवर्द्धनमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाए।
नयाँ प्रदेश तथा जिल्ला कमिटी गठनसँगै सुदूरपश्चिममा गुणस्तरीय प्रारम्भिक शिक्षा प्रवर्द्धन, संस्थागत विद्यालयहरूबीच समन्वय र साझा शैक्षिक अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

