धनगढी । कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित एक किशोरी र एक युवकलाइ पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–३ मोहना नदी किनारबाट १४० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित सोही स्थानकी १८ वर्षीया एक किशोरीलाई बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
त्यसैगरी, लम्कीचुहा नगरपालिका–६ चैनपुरबाट २ ग्राम २० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित २१ वर्षीय विकास थापा मगर पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको जनाएको छ।
दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


