काठमाडौं । सत्तारुढ रास्वपाका सांसदहरू यतिबेला प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको बचाउ गर्ने होडमा लागेका छन् । यही होडमा सांसद खगेन्द्र सुनारले आज एक सार्वजनिक कार्यक्रममा ‘हिन’ अभिव्यक्ति दिए । प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भने संसदमा दिएको अभिव्यक्तिलाई खुलेर समर्थन जनाएका थिए सुनारले । उनले नेपालले ‘सिमा मिचेको’ केही दृष्टान्तहरु पनि दिन खोजे, जुन खासमा दशगजासँग सम्वन्धित थिए । भारतले मिचेको जमिन मागेर मात्रै नहुने, नेपालले मिचेको पनि फिर्ता गर्नुपर्ने उनको भनाइ थियो ।
बोल्दै जाँदा उनले छिमेकमा भारत नभएको भए नेपालको कर्णाली र सुदुरपश्चिमका जनता भोकै मर्नुपर्ने दाबी गरे ।
सुनारको भनाइ यस्तो थियो:
अहिले पनि नेपालका लाखौँ(लाख गरिब, दलित, उपेक्षित वर्ग भारतमा भाँडा माझेर बसिरहेको छ । कुल्ली काम गरेर बसिरहेको छ । सेक्युरिटी गार्ड गरेर बसिरहेको छ । छिमेकमा भारत हुँदैनथ्यो भने कर्णाली, सुदूरपश्चिमका अधिकांश मेरा घरका दाइ(भाइहरू भोकै मर्नुपर्ने अवस्था थियो । (नेपालको) दलित समुदाय भारतमा कति छ ?,
पन्जाबमा कति छ रु दिल्लीमा कति छ रु मुम्बईमा कसरी बसिरहेको छ दलित ?’
सुनारले प्रधानमन्त्रीको अभिव्यक्तिबारे यसो भनेः
देशको प्रधानमन्त्री भएर हामीले अर्काको सिमाना मिच्या छौँ भनेर भन्ने रु भन्ने कुराहरु आएका छन् । यो भन्दा पहिलाका प्रधानमन्त्रीहरूले आफूलाई राष्ट्रवादी देखाउनलाई एकोहोरो भारतलाई मात्रै धारेहात लगाइरहेका थिए । भारतलाई जसले ठूलो स्वरमा गाली गर्न सक्छ, राष्ट्रवादी कहलिने, यस्तो खालको गलत परम्पराले न सम्बन्ध राम्रो हुने, न जनताले सुख पाउने हुन्छ । सम्माननीय प्रधानमन्त्रीज्यूले भन्या कुरा पनि त्यति हो । मात्र के हो भने हामीले आफैँले मिचेको कुरा चाहिँ अहिले‘ यो विद्वान भन्नेहरूले मैले यसो टिप्पणी हेर्छु‘ भारतलाई केही भएको छैन, नेपालले किन बोल्नुपर्या छ भनेर । आफूले लगेको भाग चाहिँ बोल्न नपर्ने, मैले जति लगाएँ लगाएँ अब मेरो चाहिँ फिर्ता दे भन्ने कुरा मात्रै छलफलको विषय हुन्छ रु इमान्दारितापूर्वक भनिएको कुरा के हो भने, ‘मैले पनि कहीँ कतै मिचिएको ठाउँ छ भने हामी पनि छोड्छौँ, तैँले पनि अस्वाभाविक ढङ्गबाट मिचेको ठाउँ चाहिँ छोड्दिनुपर्छ’ भनिएको हो त्यो । तर त्यसलाई चाहिँ अहिले बढो अतिरञ्जित गराए ।


