धनगढी । सुदूरपश्चिममा गरिबी दर बढी भएका पालिकामा प्रदेश सरकारले न्यूनीकरण कार्यक्रम चलाउने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाँले यस्तो बताएका हुन् । अछामको ढकारी गाउँपालिका र कमलबजार नगरपालिका, डोटीको शिखर नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा बैतडीको सिगास र शिवनाथ गाउँपालिकामा लक्षित वर्गको जीवनस्तरमा सुधार ल्याउन सघन रुपमा कार्यक्रम सञ्चालन गरिने भएको हो ।
शिक्षा, स्वास्थ्य र पोषणसंग जोडेर ती पालिकामा गरिबी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।


