धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले केही वरिष्ठ सई र सईको काज तथा सरुवा गरेको छ। प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयबाट वरिष्ठ सई धनञ्जय मल्ललाई धनगढीस्थित कारागारको सुरक्षा जिम्मेवारीमा पठाइएको छ।
कारागारमा कार्यरत सई ऐनबहादुर पाललाई प्रहरी चौकी सत्तीमा खटाइएको छ। सत्तीमा कार्यरत सई सुशील चन्दलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइएको बताइएको छ।
यस्तै, धनगढी विमानस्थलको प्रहरी प्रमुखमा वरिष्ठ सई राजेन्द्र बमलाई खटाइएको छ। विमानस्थलमा कार्यरत वरिष्ठ सई मानबहादुर बिष्ट अनिवार्य अवकाशमा गएपछि बमलाई त्यहाँ पठाइएको हो।


