महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित उच्च बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता भोजराज पाठक निर्वाचित भएका छन् । एसोसिएसनको छैटौँ कार्यसमितिका लागि शनिबार अध्यक्ष र सचिव पदमा निर्वाचन भएको हो । प्रमुख निर्वाचन अधिकृत गजेन्द्र रावलका अनुसार सचिव पदमा रोशनलाल चौधरी निर्वाचित भएका छन् । यसअघि उपाध्यक्षमा त्रिपुरेश्वरी भट्ट र कोषाध्यक्षमा सुरेन्द्रप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै सदस्यतर्फ धनबहादुर राना, सरिता गैरे, सुदर्शन कुँवर, हरिप्रसाद जोशी र धनराज शर्मा निर्विरोध निर्वाचित भएका छन् ।


