काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएपनि झण्डै पौने ४ बजेदेखि बैठक सुरु भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिने जानकारी दिए । माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही भएन । त्यसपछि पनि पार्टीभित्रको अन्तर विरोधका कारण पर्खिने क्रममा केही काम भइरहेको छैन ।
त्यसैले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिन्छ । स्थानीय पार्टी कमिटी र सदस्यता सम्बन्धी काम अगाडि बढ्छ,’ उनले भने । महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । बैठकमा माधव कुमार नेपाल समूहका नेताहरुको भने सहभागिता रहेको छैन ।