काठमाण्डौँ। नेकपा एमालेको माधव कुमार नेपाल समूह पार्टी अध्यक्ष केपी ओलीले बोलाएको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । बिहीबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो। ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै उक्त बैठकमा सहभागी नहुने निर्णय भएको नेता घनश्याम भुसालले जानकारी दिए ।
पार्टीले शुक्रबारको बैठकमा सहभागी हुन नेपाल-खनाल समूहका नेताहरुलाई पत्र पठाएर २०७५ जेठ २ कै हैसियतमा बोलाएको छ । जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय नेपाल पक्षले गरेको हो ।