धनगढी। सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले कैलाली कारागारको अनुगमन तथा निरीक्षण गरेकी छिन् । कैलाली कारागारको अवस्था एकदमै नाजुक रहेको उनले भनिन् । बुधबार कैलाली कारागारको अनुगमन गर्दै मन्त्री जोशीले कैदीहरु १५ इन्चको बेडमा बस्न बाध्य, शुद्ध खानेपानीको व्यवस्था राम्रो नभएको, गर्मीको समयमा पंखाहरुको पनि उचित व्यवस्था नरहेको पाईएको उनले जानकारी दिईन्।
कैदीबन्दीलाई सिपमुलक तालिममा संलग्न गराउने बताएकी छिन्। बुधवार कैलाली कारागारको अनुगमन गर्दै मन्त्री जोशीले कैदीबन्दीलाई सिपमुलक तालिममा संलग्न गराउने बताएकी हुन्। कैलाली कारागारको भौतिक संरचनाको अवस्था पनि निकै दयनीय रहेका कारण अवस्था बुझ्नका लागि अनुगमन गरेको मन्त्रीले जोशीले बताईन्। ‘नौ वटै जिल्ला कारगारको अनुगमन गर्ने योजना बनाएका छौं,’ उनले भनिन्, ‘कारागारलाई सुधार गृहको रुपमा विकास गर्ने थालनी गरेका छौं।’ कैदीबन्दीको बसोवास सहज बनाउनका लागि संरचना मर्मततर्फ प्रदेश सरकारले जोड दिने उनको दावी थियो। एक सय ५० जनाको क्षमता भएको कैलाली कारागारको जिर्ण भवनमा ४ सय ८४ जना बस्दै आएका छन्। जसमध्ये ४४५ पुरुष, ३५ महिला र ४ वटा आश्रित बालबालिका छन । अनुगमनमा मन्त्रीसहित प्रदेशसभा सदस्य डिल्लीराज पन्त, नेपालु चौधरी लगायतको सहभागिता थियो।