धनगढी: कैलालीको धनगढीमा पार्किङ गरी राखिएको से २ प ५७८५ नम्बरको स्कुटर चोरी भएको छ। धनगढी उपमहानगरपालिका–तारानगरस्थित पोट्ली फुड्सको अगाडिबाट हिजो राति स्कुटर चोरी भएको हो। केक एन्ड गिफ्ट हाउसबाट यातायाततर्फ जाने सडकमा पार्किङ गरिएको स्कुटर राति करिब ११ बजेर २२ मिनेटदेखि ११ बजेर ३० मिनेटको बीचमा चोरी भएको बताइएको छ।
स्कुटर चोरी गर्ने व्यक्ति घटनास्थलमा रहेको सीसीटीभी क्यामेरामा कैद भएका छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले सीसीटीभी फुटेजलगायतका आधारमा चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको जनाएको छ।

