धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जापानीज इन्सेफलाइटिसविरुद्धको खोप लगाएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुगेर मुख्यमन्त्री भट्ट र उनकी श्रीमती मञ्जु बमले जापानीज इन्सेफलाइटिसविरुद्धको खोप लगाएका हुन् ।
जापानीज इन्सेफलाइटिसबाट सुरक्षित रहन धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका ३० वर्षमाथिका नागरिकलाई खोप लगाउन अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय कैलालीले ३० वर्षमाथिका सबै नागरिकलाई नजिकैको खोप केन्द्रमा पुगेर अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जापानीज इन्सेफलाइटिसबाट जोगिन खोप महत्वपूर्ण भएकाले लक्षित उमेर समूहका सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरिएको हो ।

