धनगढीः मुम्बई टुरमा रहेको डीसीएको यु-१६ टोलीलाई नेपाल का पूर्व मुख्य प्रशिक्षक तथा नेपाल कोच एसोसिएसनका प्रमुख जगत टामटाले प्रशिक्षण दिएका छन्। टोलीको ५ औं दिनको खेल सुरु हुन अगाडि कोच टमटाले मैदानमै पुगेर प्रशिक्षण गराएका हुन्। उनले खेलाडीहरूलाई देशको प्रतिनिधित्व गरेर आएका कारण अनुसासित र खेलमा समर्पित भएर खेल्न सुझाएका छन्। जगत टमटासँगै ओलम्पियन दीपक विष्ट पनि खेलाडीहरूको मनोबल बढाउन मैदान पुगेका थिए ।
आज डीसीएले आफ्नो पाँचौ खेल मुम्बईको वर्ली स्पोट्स् क्लबसँग उसकै मैदानमा खेल्दैछ। क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले डीसीएको टोली केही दिनअघि मुम्बई पुगेको हो। भ्रमणका क्रममा टोलीले मुम्बईका विभिन्न ६ स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।
त्यसैगरी टोलीले मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालसहित विभिन्न देशहरूबीच हुने विश्वकप क्रिकेटका खेलहरू प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम पनि रहेको डीसीएका म्यानेजर सन्दीप भट्टले जानकारी दिएका छन्। यस भ्रमणले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने अनुभव, सिप विकास तथा आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।


