काठमाण्डौँ: सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ग्रीन आर्मीका बारेमा छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हरियो सेना भनेको के हो ? यसका बारेमा अविलम्ब छानबिन गर्न जरुरी देखेको छु,’ उनले भने ।
सांसद भण्डारीले विपत्मा परेका परिवारको घरमा ग्यास र पैसा नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘विपत्मा परेका परिवारको घरमा ग्यास पनि छैन, पैसा पनि छैन, अभाव छ । काठमाडौंमा पनि उहाँहरू कसरी बाँच्ने भन्ने छ । यसबारे सरकारले अविलम्ब ध्यान देओस्,’ उनले भने ।

