धनगढी: पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा मंसिर १५ गते धनगढी आउने भएका छन्। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका अनुसार देउवा बिहान ७ः४५ बजे बुद्ध एयरमार्फत धनगढी विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ।
आफू पक्षको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन्। देउवा विमानस्थलमा आइपुग्ने समयमा स्वागतका लागि पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उपस्थित हुन प्रदेश कार्यसमितिले आग्रह गरेको छ।


