धनगढी । रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धनगढीस्थित कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले आर्थिक सहयोग गरेका छन्।
धनगढी उपमहानगरपालिका–२ निवासी जोशीले ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हुन्। उनले लायन्स क्लब ३२५ एनमार्फत उक्त रकम सहयोग गरेका हुन्।
अध्यक्ष जोशीले कैलाली अस्पतालका तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरिसकेका छन् । बाढीबाट प्रभावित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जोशीले बताएका छन्। उनले विपद्को यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेका हुन्।

