धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा धनगढीका व्यवसायी शैलेसकुमार सिंहले रसुवाका बाढीपीडितका लागि एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुगोस् भन्ने उद्देश्यले सिंहले व्यक्तिगततर्फबाट उक्त रकम सहयोग गरेका हुन्।
सहयोगपछि सिंहले दुःखको कठिन समयमा पीडितलाई केही राहत र साथ दिन सकूँ भन्ने भावनाले व्यक्तिगत रूपमा सहयोग गरेको बताएका छन्। उनले दुःखमा साथ दिनु नै मानवताको सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै बाढीपीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
उनले कठिन समय सामना गर्ने शक्ति पीडित परिवारलाई मिलोस् भन्ने कामनासमेत गरेका छन्।

