धनगढी । नेकपा एमालेले आज देशैभर जिल्लास्तरीय जनसभाहरू आयोजना गरेको छ । एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै वडा, पालिका हुँदै आज जिल्लास्तरीय भेला आयोजना गरिरहेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पद त्याग्न बाध्य भएका थिए ।
त्यसपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ ।


