कञ्चनपुर —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी भ्रमणका लागि शुक्रबार गड्डाचौकी नाका हुँदै भारत प्रस्थान गरेका छन्। गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् ।
भ्रमणका क्रममा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।


