धनगढी । धनगढी उपमहानगरपालिका नगर चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बिहीबार आयोजना गरिएको कार्यक्रममा चेम्बर अफ कमर्सका नगर कमिटीका पदाधिकारी र सदस्यले सपथ ग्रहण गरेका हुन् ।
नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा प्रदेश कमिटीका उपाध्यक्ष लोकेन्द्र भट्टले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । धनगढी उपमहानगरपालिकामा पहिलोपटक गठन गरिएको चेम्बर अफ कमर्सको अध्यक्षमा प्रमोद थापा, उपाध्यक्षम वाणिज्यमा मनोज पडाल, उपाध्यक्ष उद्योगमा विष्णुदत्त बडु, सचिवमा गजेन्द्र बहादुर शाह, र कोषाध्यक्षमा उज्वल बुर्लाकोटी चयन भएका छन्। सदस्यमा जिवन पोखरेल, दिपक थापा, रुकुम सिंह धामी र प्रतीक विष्ट चयन भएका छन् ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको प्रमुख आथित्यता र चेम्बर अफ कमर्सका प्रदेश उपाध्यक्ष लोकेन्द्र भट्टको अध्यक्षतामा सपथ ग्रहण तथा फोटो र भिडियो प्रदर्शनी कार्यक्रम सञ्चालन भएको थियो । सपथ ग्रहण कार्यक्रमपछि बोल्दै चेम्बर अफ कमर्स धनगढी नगर कमिटीका अध्यक्ष प्रमोद थापाले सामूहिक भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले कमर्स आवद्ध सबै खालका व्यवसायीको हक, अधिकार प्रवद्र्धनका लागि काम गर्ने बताए ।
कार्यक्रममा नेपाल बिउबिजन संघ, उद्योग वाणिज्य संघ लगायतका विभिन्न व्यवसायिक छाता संगठन पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।



