धनगढी । बर्दियाको राजापुरमा दिनदहाडै गाेली प्रहारबाट तुलसीपुर उपमहानगरपालिका-५ का २७ वर्षीय निरज चाैधरीकाे हत्या घटनाका मुख्य अभियुक्त कैलालीबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरकाे संयुक्त टाेलीले बुधबार बिहान कैलारी गाउँपालिका-५ काे बैजपुरबाट तुलसीपुर-५ कै ५१ वर्षीय महावीर चाैधरीलाई पक्राउ गरेको हाे । इप्रका राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले कैलाली प्रहरीकाे समन्वयमा चाैधरीलाई हसुलियाबाट पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार चाैधरीकाे साथबाट पेस्तोल समेत बरामद गरिएको छ । चाैधरी लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीका सहाेदर भाइ समेत हुन् । उनकाे साथबाट बरामद भएको पेस्तोल हत्यामा प्रयाेग भए/नभएको भने पुष्टि हुन बाँकी रहेकाे डीएसपी बाेहराले बताए । प्रहरीकाअनुसार राजापुरमा रहेकाे हमार थारू रेष्टुरेन्टमा मृतक निरज चाैधरीमाथि गाेली प्रहार भएको थियो ।
घाइते अवस्थामा चाैधरीलाई उपचारका लागि नेपालगन्ज पुगाएपछि प्रहरीलाई घटनाबारे थाहा भएको थियोे । उनकाे उपचारका क्रममा मृत्यु भएको थियो । चाैधरी रेष्टुरेन्टका सञ्चालक रामकुमारी चाैधरीका श्रीमान् बुद्धिप्रसादले सञ्चालन गर्ने पाेल्टी फार्ममा काम गर्दै आएका थिए ।
याे घटनामा प्रहरीले यसअघि नै उनीहरू दुवै श्रीमान् श्रीमती र छाेरा राहुल चाैधरीलाई पक्राउ गरिसकेकाे छ। कैलालीबाट पक्राउ परेका महावीर चाैधरी निरजकै माेटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ । उनले प्रयाेग गरेकाे माेटरसाइकल समेत बरामद गरिएको छ ।


