धनगढी। पछिल्लो समय जलबायु परिर्वतनसँगै गर्मी बढ्दै जाँदा यस्को असर बिभिन्न क्षेत्रमा देखा परेको भन्दै ब्यवस्थापनमा जोड दिनुपर्ने सुझाब दिइएको छ। नेपाल रेडक्रस सोसाईटी, अमेरिकन रेडक्रस र सिआईएफआरसिको आयोजनामा धनगढीमा भएको गर्मी जोखिम व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो ।
जलबायु परिर्वतनसँगै गर्मी मौसममा उच्च तापमान बृद्र्धि भई लु को प्रभाब तथा मानिसको दैनिक जिवनयापनमा समस्या पर्न थालेको हो । पछिल्लो समय तराईसँगै पहाडी तथा हिमाली जिल्लाहरुमा समेत लु को असर देखा पर्न थालेको सहभागीहरुको भनाई छ। (लु )का कारण संकटासन्न मानव समुहलाई असर गरि जिविकोपार्जनसम्म समस्या उत्पन्न गराउने र भविश्यमा थप समस्याहरु निम्तीने जोखीम बढेको उनीहरुले बताएका छन्।
लु का कारण संकटापन्न समुहमा बालबालीका,अपाङ्गता भएका ब्यक्ती,जेष्ठ नागरिक, दैनिक जिवनयापन गर्ने ब्यक्ती,गर्भवती महिला,कृषक,बिपन्न समुदायमा बढी जोखीममा पर्ने खतरा बढेको छ । यस्तै स्वास्थ्य,शिक्षा,कृर्षि क्षेत्र,खानेपानी,बिद्युत,ब्यवसाय क्षेत्र, भौतिक पुर्वधार, जिविकोपार्जनमा लु को असर बढी रहने गरेको छ । यस्का लागी जनचेतना फैलाउनुपर्ने, पुर्वानूमान सुचना, आधुनिक औजारको प्रयोग, बिद्यालयमा बृक्षारोपण, बिद्युत बिस्तार,सार्वजनिक धारा तथा शौचालयको ब्यवस्था मिलाउनुपर्ने सहभागीको सुझाब छ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालीकाका वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक तथा वडा न ३ का वडा अध्यक्ष राज बहादुर ऐरले समयमै वातावरण तथा विपद व्यवस्थापनमा ध्यान दिनुपर्ने जोड दिए । उनले स्वयम ब्यक्तीले नै वातावरणीय प्रभाव मुल्याङकन नै नगरीकन जथाभावी संरचना बनाउने र प्राकृतिक स्रोत साधन धरासायी बनाउँदा यस्ले वातावरणलाई असर गरिरहेको बताए । प्लाष्टिक जन्य पदार्थ प्रयोग गर्ने तथा पेट्र«ोलियम पदार्थबाट निस्कीने धुवाँधुलोबाट वजन तहमा पारेको प्रभाबले जैविक पर्यावरणमा असर परेको भन्दै स्वयम ब्यक्ती सजग र जिम्मेबार बन्ने बताए । यस्तै नेपाल रेडक्रस सोसाईटि नेपालगञ्ज बाँकेका उपनिर्देशक दोलख बहादुर डाँगीले भबिश्यमा बिश्वमा नै तापक्रम बढ्ने हूँदा बिकराल रुप आउनबाट बच्न समयमै यस्को ब्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।स्थानिय तहसँग अन्य सरकारी निकायले बिभिन्न किसीमका योजनाहरु बनाइ कार्यान्वयनमा जोड दिनुपर्ने उनले सुझाब दिए।
जनघनत्व बढ्दा, निर्माण संरचनासँगै उत्पादन कम्पनीहरु र कार्वन उत्सर्जन गर्ने बस्तुहरु यस्का मुख्य कारण रहेको बताइएको छ । कार्वन उत्सर्जन गर्ने बस्तुले वजन तहमा असर गरिरहेकाले तापमान बढ्दै गएको उनले बताए ।
हिट ओेईव हुने ठाउँहरु जहाँ अत्याधिक गर्मि हुन्छ त्यस ठाउँमा (लु) लाग्ने हुन्छ , नेपालको सन्दर्भमा ३८ डि तापक्रम ६ दिन सम्म रहन गएमा (लु) हिट ओेईव भएको मान्न सकिने बताइएको छ। उनले यस्को ब्यवस्थापनका लागी तापमान कम गर्ने बस्तुको उपयोग, जनचेतना दिनुका साथै सर्बसाधारणहरुको भिडभाड हुने सरकारी तथा सेवाप्रदायक सार्वजनिक स्थानमा कुलिङ्ग सेन्टरको स्थापना, चिस्यान केन्द्र बनाउने र शहरलाई हरियाली बिकास गर्र्ने सुझाब दिइएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि केन्द्रीय कार्यालय विपद ब्यवस्थापनका उमेश ढुङ्गानाले लु अरु विपद जस्तो तत्काल असर गर्ने नभई बिस्तारै यस्ले मानव जिवनलाई असर गर्ने गरेको बताए । उनले स्थानिय निकायको समन्वयमा बिभिन्न कार्यक्रमहरु गरिरहेको बताउँदै तिन वटै सरकारको भुमिका रहनुपर्ने बताए। कार्यक्रममा धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधी, विपद व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटि प्रतिनिधी, कैलाली जिल्ला शाखा सभापति बासुदेव विनाडी, रेडक्रस केन्द्रिय कार्यालय कार्यकारि निर्देशक उमेश ढकाल तथा बिभिन्न संस्था कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।