धनगढी : झट्ट हेर्दा अस्पतालका चिकित्सकले उपचार गरिरहेकोझैँ देखिने यो तस्विर बुझ्दा फरक छ । बिरामीले उपचार सेवा त पाइरहेका हुन्, तर यो अस्पतालका चिकित्सकबाट नभई ब्यवस्थापन समिति अध्यक्षबाट सेवा पाइरहेका छन् । यो तस्विर कैलालीको गोदावरी नगरपालिका स्थित मालाखेती अस्पतालको हो ।
मंगलबार हामी मालाखेती अस्पताल पुग्दा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष डा.नर बहादूर मौनी एकजना हात भाँच्चिएका बिरामीको उपचारमा थिए । अध्यक्ष डा.मौनीले ति बिरामीको हात प्लास्टर गर्दै गर्दा हामी पुगेका थियौँ । हातमा चोट लागेर मालाखेती अस्पताल पुगेका ति युवकको उपचारमा अध्यक्ष मौनी आफै खटिएका थिए ।
ति युवकको उपचारमा मात्रै होइन मौनी अन्य थुप्रै बिरामीको उपचारमा आफै खटिएका हुन्छन् । नागरिकको सेवा गर्ने हुटहुटी बोकेका मौनी अध्यक्षको रुपमा भन्दापनि अस्पतालमा कर्मचारीझैँ काममा खटिएका देखिन्छन् । उनि अस्पताल पुग्दा बिरामी सुझाव लिन उनिकहाँ नै पुग्छन् । उनले समय मिलाएर मालाखेती अस्पतालका बिरामीहरुलाई उपचार सेवा संगै परामर्षपनि दिने गरेका छन् । पद्मा अस्पतालमा अधिकाशं निम्न तथा मध्यम बर्गिाय मानिस उपचारका लागी आउनुहुन्छ अध्यक्ष मौनीले भने “आधाजती पहाडी भुभाग भएको नगरपालिकामा अँझै धेरै नागरिक गरिबीको रेखामुनी हुनुहुन्छ, उहाँहरु सबैको निजि अस्पतालमा गएर उपचार गर्ने सामथ्र्य हुँदैन त्यस कारण मालाखेती अस्पतालमै आफुपनि केही सेवा दिन प्रयास गरेको हुँ ।” हामीसंग १ जना बिषेशज्ञ चिकित्सक त हुनुहुन्छ तर सबै सेवा दिन सक्ने अवस्था हाम्रो अहिलेनै बनिसकेको छैन उनले भने “दैनिक समय मिलाएर यहाँ आउँछु, अस्पतालको प्रशासनिक ब्यवस्थापन बारे बुझ्नुका साथै, भौतिक सुधार, सरसफाई लगायत म उपचारमापनि खटिन्छु, म आउँदा बिरामीले आश बोकोका हुन्छन्, यतै मैले गर्न सक्ने उपचारका लागी उहाँहरुलाई बाहिर जान बाध्य पार्दैन म सहयोग गर्ने गरेको छु ।”
मौनी निजि क्षेत्रबाट सञ्चालित पद्मा अस्पताल प्रा.लीमा कार्यरत हाड जोर्नी बिषेशज्ञ डक्टर हुन् । निजि अस्पताल सञ्चालकको भुमिकामा लामो समयदेखी कार्यरत डा.मौनीलाई गोदावरी नगर र्कापालिकाले सरकारी मालाखेती अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।
मालाखेती अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा डा.मौनी चयन भएपछि यो अस्पतालमा आउने सेवाग्राहीपनि बढेका छन् । अस्पतालमा आएका पदम प्रकाश पन्तले डा.मौनी यहाँको अध्यक्ष भए भन्ने सुनेपछि निकै खुशी लागेको बताए । बषौँदेखीको स्वास्थ्य क्षेत्रमा अनुभव बटुलेका मौनी हाम्रो मालाखेती अस्पतालको अध्यक्ष भएपछि निकै सुधार हुने अपेक्षा गरेका छौँ उनले भने “धेरै सुधारका संकेत देखेका छौँ, उहाँको खटाइ देखेका छौँ, अध्यक्ष जस्तै नभएर यहाँको कर्मचारी झैँ उहाँ आफै उपचारमा समेत खटिनु हुन्छ, यसले यहाँका नागरिकले केही हदसम्म उपचारमा सहज महसुस गरेका छन् ।”