धनगढी। कैलाली बहुमुखी क्याम्पसमा मानसिक स्वास्थ्य सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मंगलबार राेयल कोलाबोरेटिभ धनगढीको आयोजना र नेपाल मनोचिकित्सक संघ तथा निसर्ग अस्पतालको सहकार्यमा कैलाली बहुमुखी क्याम्पसमा मानसिक स्वास्थ्य सम्वन्धि अभिमुखीकरण कार्यक्रम भएको हो।
युवाहरुमा बढ्दो डिप्रेसन, लागुऔषध दुर्व्यसनी विरुद्ध र यस लगायतका अन्य समग्र मानसिक स्वास्थ्य समस्या सम्बन्धी सचेतना र अभिमुखिकरण कार्यक्रम वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.प्रभात सापकोटाद्धारा प्रशिक्षण गराइएको थियो। रोसन उपाध्याय सुवेदी संयोजक रहेको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धर्म राज उपाध्याय,अतिथिमा क्याम्पसका प्राध्यापक र राेयल कोलाबोरेटिभका संस्थापक सदस्य देवेन जोशी रहेका थिए।युवाहरुमा बढ्दो मानसिक समस्याबाट बच्ने उपाय निसर्ग अस्पताल मा कार्यरत वरिष्ठ मनोरोग विषसज्ञ डा.प्रभात सापकोटाले बताएको कार्यक्रम आयोजक तेज जंग मल्लले जानकारी दिए। समाजमा जडा गाडेर बसेको मानसिक समस्या समाधान सम्वन्धि डाक्टर सापकोटाले सो कार्यक्रममा जानकारी दिनुका साथै समाधान उपाय बताएको मल्लले जानकारी दिए। कार्यक्रम सञ्चालन धुर्व न्यौपानेले गरेका थिए। सो कार्यमा सहकार्य गरी महत्वपूर्ण योगदान पुर्याउने निसर्ग हस्पिटल, कैलाली बहुमुखी क्याम्पसका प्राचार्य, शिक्षकगण तथा समस्त विद्यार्थी साथीहरुमा पनि मल्लले धन्यवाद ज्ञापन गरेका छन्।