धनगढी। कैलालीका दुई जना बालकालिकामा दादुरा पुष्टि भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले बताए।
दुई साताअघि नै लक्षण देखिए पनि बुधबार मात्र पुष्टि भएको उनले बताए। शाखा प्रमुख जोशीका अनुसार दादुरा देखिएपछि ६ महिना देखि १५ वर्षसम्मका बाबालिकालाई दादुरा तथा रूवेला खोप लगाउन थालिएको छ।