धनगढी।धनगढी उपमहानगरपालीका १३ मा लाभग्राहीहरुकालागी बिपद ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण तथा तालिम दिइएको छ। नेपाल रेडक्रस सोसाईटी कैलाली साखाद्धारा सञ्चालित उत्थानशील जिविकोपार्जन कार्यक्रम अन्तरगत धनगढी १३ का लाभग्राहीहरुलाई बिपद ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण तालिम दिइएको हो।
कार्यक्रममा लाभग्राहीहरुलाई बिपद ब्यवस्थापन सम्बन्धि अभिमुखीकरणमा विपदजन्य घटनाको पुर्व तयारी तथा सुरक्षा कसरी अपनाउने र विपदपछिको अवस्था कसरी सुधारोउन्मुख बनाएर जिविकोपार्जन गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिइएको थियो। कार्यक्रममा ४६ जना लाभग्राहीहरुको सहभागिता रहेको थियो। यस्तै बिपद ब्यवस्थापन सम्बन्धि प्रतिकार्य अभ्यास समेत गराइएको बिकास नेपालीले जानकारी दिएका छन्। बिपद ब्यवस्थापन सम्बन्धि अभिमुखीकरण तालिममा नरेन्द्र जोशी, कमल राज जोशी र बिराज पोखरेलले प्रशिक्षण दिएका थिए।
उक्त उत्थानशील जिविकोपार्जन कार्यक्रमले विगतका वाढी लगायत विपदका घटनाहरुले समुदायमा निकै जनधनको क्षति गरेको र आगामी दिनमा यस किसिमको क्षति नपुगोस भन्ने उद्देश्यका साथ सञ्चालित अभिमुखीकरण तथा तालिमले निकै फाइदा पुगेको सहभागिको भनाई छ। उनीहरुले उत्थानशीलताबारे ज्ञान भएको बताउँदै सामुहिक प्रयासबाट विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका प्रणालीको निर्माण गरि समुदायको सामाजिक, पारिस्थितीकिय तथा आर्थिक सम्वृद्धिमा सहयोग पुग्ने बिश्वास लिएका छन्।