धनगढी।कैलालीको मसुरियामा बिशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविरमा ३ सय ६१ जनाले उपचार सेवा लिएका छन्। शनिवार धनगढीको के जी अस्पताल प्रा.ली र गौरीगंगा नगरपालीकाको आयोजनामा बिशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविर मसुरिया स्वास्थ्य चौकीमा भएको हो। बिशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविरमा ३ सय ६१ जनाको स्वास्थ्य परिक्षण गरिएको के.जी अस्पताल प्रा.लीका बसन्त अवस्थीले जानकारी दिए।
निशुल्क स्वास्थ्य शिविरमा बिभिन्न उपचार सेवा प्रदान गरिएको थियो। जसमा जनरल मेडिसिन सेवाद्धारा चेकजाँच, हाडजोर्नी तथा नसा रोग सेवा सम्बन्धी रोगको चेकजाँच, स्त्री तथा प्रसुती रोग सेवा बिशेषज्ञद्धारा चेकजाँच गरिएको थियो। यस्तै सर्जरी सम्बन्धि सेवा, दन्तरोग सेवा सम्बन्धि चेकजाँच, निशुल्क औषधी वितरण तथा निशुल्क हाइड्रोसिलको शल्यक्रियासहितको बिशेषज्ञ सेवा प्रदान गरिएको थियो। शिविरमा चेकचाँच भएका हाइड्रोसिलको शल्यक्रिया पनी निःशुल्क हुनेछ। यस्तै अन्य बिरामी अस्पताल आएमा बिशेष छुटका साथ उपचार हुने जनाइएको छ।