धनगढी। धनगढीको केजी अस्पताल प्रालीले बिभिन्न बिरामीका लागी निशुल्क जाँच तथा उपचार शिविर सञ्चालनमा ल्याएको छ। धनगढी ४ चौराहमा रहेको अस्पतालले प्रत्येक महिनाको पहिलो र तेसो सोमबारका दिन मधुमेह सुगरको निशुल्क जाँच तथा उपचार शिविर गर्ने भएको छ। उक्त निशुल्क ओपीडी जाँच तथा उपचार शिविरमा एम डि एमबिबिएस फिजीसियन डाक्टर गुञ्जन खड्काले बिहान ९ बजे देखी ५ बजेसम्म सेवा दिनेछन्। भने एबिएवानसि तथा अन्य प्रयोगशालामा १५ प्रतिशत छुट गरिएको छ। यस्तै निशुल्क प्रोस्टेट ग्रन्थी, मृर्गौला,मुत्रनलीको पत्थरी सम्बन्धि जाँच, परामर्श तथा उपचार सुविधाहरु रहेका छन्। निशुल्क मुटु उच्च रक्तचापको जाँच तथा उपचार प्रत्येक महिनाको दोस्रो र चौथो सोमबार हुने भएको छ। सो दिन बिहान ९ बजे देखी ५ बजेसम्म सञ्चालन हुने निशुल्क ओपिडीमा इसिजीमा ५० प्रतिशत छुट, इसिएचओमा २० प्रतिशत तथा प्रयोगशाला जाँचमा १५ प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ। सो सम्बन्धि बिरामीको जाँच तथा उपचार बरिष्ठ ल्याप्रोस्कोपीक सर्जन डाक्टर दिपक सिंह र बरिष्ठ युरोलोजिष्ठ डाक्टर संजिब भक्त बिष्ट तथा सुनिल श्रेष्ठले गर्ने भएका हुन्। सो सेवा यही मंसिर देखि सुरुवात भएको अस्पतालले जानकारी दिएको छ।