बझाङ। बझाङको बुंगलमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बझाङको बुंगल नगरपालिका–६ लिसड कि २६ वर्षीया दुर्गा देवी धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सोमबार साँझ करिब ४ बजेको समयमा दाउरा काटेर घर फर्किने क्रममा माला धौन भन्ने भिरबाट करिब १५० मिटर तल खसेर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ। मृतक धामीका २ छोरा र २ छोरी रहेका छन। श्रीमान् रोजगारको सिलसिलामा भारतमा बस्दै आएको प्रहरीले जनाएको छ।