धनगढी। खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले निर्बाचनको समयमा खाद्यबस्तु खरीद र उपभोग गर्दा स्वच्छतामा सजग हुन अपील गरेको छ। कार्यालयले खाद्य स्वच्छता सम्बन्धि सन्देश जारी गर्दै आसन्न मंसिर ४ गतेको निर्वाचनको दौरानमा बिभिन्न बिशेष समय र अवसरमा खानेकुरा खरीद र खाने समयमा मिसावटयुक्त, न्युनस्तर र दुषित खानेकुराबाट सजग रहन मतदाता तथा उपभोक्तामा आग्रह गरेको हो।
कार्यालय प्रमुख नवराज दाहालद्धारा जारी गरिएको अपीलमा भनिएको छ, देश आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनको चरम उत्कर्षमा पुगेको छ, मंसिर ४ गते मतदान हुँदैछ। बिभिन्न बिशेष समय र अवसरमा खानेकुरा खरीद गर्ने र खाने दौरानमा मिसावटयुक्त, न्युनस्तर र दुषित खानेकुराबाट हामी ठगिन, फूड पोइजन भै बिरामी हुन र मृत्यु समेत हुन सक्ने तथ्य हामी सामु रहेको छ। यस्ता अवसरमा दुर्घटना नहोस भनेर हामी सबै सजग र सचेत हुनु पर्दछ।
अत यो निर्बाचनको बिशेष समयमा समेत खाध पदार्थ किनमेल एब खाना तयारी र उपभोग गर्दा खाद्य स्वच्छतामा बिशेष सजग हुन सम्पूर्ण मतदाताहरु एब उपभोक्ताहरुमा खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ी हार्दिक अपील गर्दछ, भनिएको छ। यस्तै माछामासुजन्य पदार्थ,घरेलुस्तरमा तयार गरेका मदिराजन्य पदार्थ र च्याउ, फूड पोइजन हुनेसक्ने खाद्य पदार्थ, मिठाईजन्य परिकार, सिलबन्दी खाद्यपदार्थ खरिद गर्दा बिशेष ध्यान दिन भनेको छ । यदि खाद्य तथा पेय पदार्थको स्वच्छता तथा गुणस्तरमा शंका लागेमा वा सो सम्बन्धि उजुरी गर्नु परेमा सम्वन्धित खाद्य प्रविधि तथा गुण नियन्त्रणका कार्यालयहरुलाई जानकारी गराउन भनिएको छ।खाद्यबस्तु खरीद र उपभोग गर्दा कसरी सजग बन्ने ? (सुचिसहित हेर्नुहोस तल)
१. माछामासुजन्य पदार्थको हकमा ताजा माछामासु खरीद गर्दा जनावर तथा पशुपन्छीहरु बध गर्ने स्थल र मासु बिक्री गर्ने स्थलमा स्वच्छता कायम गरिएको, रोगी तथा मरेका पशुपन्छी तथा अन्य जनावरको मासु मिसावट नगरिएको ताजा र स्वच्छ मासु एकिन गरेर मात्र खरीद गर्ने गरौ/ प्रशोधित मासु जस्तै सुकुटी, ससेज, मासुको अचारजस्ता परिकार खरीद गर्दा लेबल हेरी उपभोग्य अवधी एकिन गरेर मात्र खरीद गर्ने गरौ/ स्वच्छता र गुणस्तरमा शंका लागेमा सम्बन्धित नियमन निकायमा उजुरी गर्ने गरौ/ ताजा माछामासुको स्वच्छता र गुणस्तर पशुबधशाला र मासु जाच ऐन अनुसार पशु सेवा कार्यालयका पशुपन्छी बिज्ञ (भेटेरिनरी डाक्टर) हरुले र प्रशोधित मासुको परिकारको स्वच्छता र गुणस्तर खाध ऐन अनुसार खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालयहरुका खाध बिज्ञहरुले नियमन गर्ने कानुनी ब्यबस्था रहेको छ/