धनगढी। धनगढीमा बिद्युतजन्य आगलागी तथा दुर्घटना न्युनिकरण सम्बन्धि तिन दिने तालिम सम्पन्न भएको छ । धनगढीमा बिद्युतिय उपकरणबाट हुन सक्ने आगलागी तथा चट्याङगबाट हुने दुर्घटना न्युनिकरणका लागी ३ दिने तालिम दिइएको हो। शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) परियोजना अन्तरगत धनगढी उपमहानगरपालिका, नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा युरोपीयन युनियनको आर्थिक सहयोग र यूएनडीपीरयुनीसेफ, यु एन ओमन, एनआरसिको सहकार्यमा ३ दिने तालिम आयोजना गरि सम्पन्न भएको हो।
उपमहानगरपालीकाका ४० जना भन्दा बढी प्राबिधिक प्रशिक्षार्थीहरुले तालिम लिएका छन् । तालिममा सहभागी धनगढी ३ का चिरन्जीबी आचार्यले तालिमबाट बिद्युतबाट हुन सक्ने आगलागीका घटना देखी चट्याङगबाट हुने बिभिन्न घटना कसरी हुन्छन् भन्ने बारेमा जानकारी पाएको बताए । सानो लार्पवाहीले गर्दा बिद्युतले गर्दा ठुलो दुर्घटना हुने कुरा सिकेको बताउँदै त्यसबाट कसरी बच्नेबारेमा तालिममा सिकेको बताए । यस्तै तालिममा सहभागी धनगढी वडा नम्बर ७ की गिता चौधरीले तालिम निकै उपयोगी रहेको बताउँदै तालिमबाट नयाँ नयाँ कुरा र बिषयबस्तुको थाहा पाउने अवसर पाएको भन्दै आयोजकलाई धन्यवाद ब्यक्त गरेकी छिन्।
धनगढी उपमहानगरपालिका सुपर परियोजनाका सुचना ब्यवस्थापन अधिकृत बिराज पोख्रेलले बिद्युत जडानको अवस्था देखी बिद्युतीकरणको अवस्थासम्मबारे प्राबिधिकलाई तालिम दिएको जानकारी दिए । उनले घर तथा भवनहरु बनाउदा बिद्युतिय म्यापिङ गराउन जरुरी रहेको बताए । पुर्व तयारी अपनाएर बिद्युतको वाइरिङ गर्दा चेकजाँच र मापदण्ड बनाउँदा बिद्युतबाट हुने घटनाहरु न्युनिकरण हुने उनले बताए। तालिममा बोल्दै धनगढी उपमहानगरपालीकाका उपमेयर कन्दकला रानाले बिद्य्तियबाट धेरै आगलागीका घटनाहरु बढीरहेकाले यस्को साबधानी अपनाउनुपर्ने बताइन्। उनले तालिमबाट सिकेको सिपलाई अरुलाई पनी जानकारी दिई यस्ता घटनाहरुबाट बच्न र बचाउन सकिने उनले बताइन् । धनगढी उपमहानगरपालीकाले गर्नुपर्ने सहयोग गर्न तायर रहेको उनले बताएकी छिन्। तालिममा सहभागि उत्कृष्ठ हुनेहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो ।

बिद्युतजन्य आगलागी तथा दुर्घटना न्युनिकरण सम्बन्धि तिन दिने तालिम धनगढीमा सम्पन्न
बिद्युतजन्य आगलागी तथा दुर्घटना न्युनिकरण सम्बन्धि तिन दिने तालिम धनगढीमा सम्पन्न
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

