धनगढी : सुदूरपश्चिम प्रादेशिक आयुर्वेदिक अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा नरेश बिष्ट नियुक्त भएका छन् । लामो समय आयुर्वेद क्षेत्रको अनुभव बटुलेका बिष्टलाई सुदूरपश्चिम प्रदेश सरकारले आयुर्वेदिक अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो । भदौ ३० गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद बैठकले बिष्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
आज एक बिष्टले सुदुरपश्चिम प्रादेशिक आयुर्वेदिक अस्पताल ब्यावस्थापन समितिको अध्यक्षको जिम्मेवारी पाएका छन् । अध्यक्षको जिम्मेवारी पाएसंगै चाँडो अस्पताल सञ्चालन गर्ने बिषयमा पहल गर्ने बिष्टले प्रतिबद्धता जनाएका छन् ।