कैलाली। कैलालीको धनगढीमा भाटभटेनी सुपर मार्केटलाई २ लाख रूपैयाँ जरिबानामा लगाएको छ । भाटभटेनी सुपर मार्केटले संञ्चालन गर्दै आएको पेपे पिजा रेष्टुरेन्टले बजार मुल्यभन्दा झण्डै दोब्बर शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले जरिवाना लगाएको हो ।
वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयका सूचना अधिकारी ललित पन्तले मंगलबार गरेको अनुगमनका क्रममा ग्राहकसँग पेय पदार्थ र पानीमा बजार मूल्यभन्दा बढी रकम लिएको पाइएपछि भाटभटेनी सुपर मार्केटलाई २ लाख रूपैयाँ जरिवाना गरिएको बताए । धनगढीकै जलशा होटल र रोस्यो घर हस्पिटालिटीलाई पनि २/२ लाख रूपैयाँ जरिवाना गरिएको उनले बताएको छ । उनीहरूले पनि पानी र पेय पदार्थमा बढी मूल्य लिएको पाइएपछि जरिवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ ।