धनगढी। धनगढीमा डा. गोविन्द केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँदै प्रर्दशन गरिएको छ ।धनगढीका नागरिक समाजले ऐक्यवद्धता जनाउँदै धनगढीको पार्कमोडमा प्रर्दशन गरेको हो। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै धनगढीमा सात दिन देखी अनसनरत रहेका डा. गोविन्द केसीको सत्याग्रहमा धनगढीका नागरिक समाजले ऐक्यवद्धता जनाएको हो।
नागरिक समाजले २० पटक औं सत्याग्रह गरिरहेका डा. केसीको जीवन रक्षा र उनले उठाएको माग सम्बोधनका लागि दबाब दिन ऐक्यवता जनाएको हो। यस्तै सत्याग्रहको सातौं दिन पुग्दा डा। केसीको अवस्था थप जटिल बन्दै गएकाले उनको जीवन रक्षा गर्न नागरिक समाजले माग गरेको छ । जीवन रक्षाको मागसहित सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँदै नागरिक समाजका वुद्धिजिवी, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक, अभियन्ता लगायतकाले प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।‘जनताको स्वास्थ्यमाथि खेलवाड कहिलेसम्म सरकार ? सरकार यी गोविन्द केसीको माग होइनन् हाम्रा माग हुन्’ भन्दै उनीहरुले पार्कमोडमा मौन प्रदर्शन गरेका थिए। केसीका मागहरु सम्बोधन नभए सशक्त आन्दोलन गरिने बताइएको छ।
सत्याग्रही केसीले उठाएको माग सम्बोधनका लागि तीन दिन अगाडि नै वार्ता टोली गठन भए पनि अहिलेसम्म कुनै उपलब्धी नभएकाले नागरिक समाजको तर्फबाट सत्याग्रहमा ऐक्यवद्धतासहित प्रदर्शन गर्ने कार्य भएको घनश्याम भण्डारीले जानकारी दिए । डाक्टर केसीले गत सोमबारदेखि ७ बुँदे माग राखेर धनगढीमा अनशन थालेका थिए। डा। केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरुको तत्कालको दरबन्दी हालको बेड संख्या अनुसार बढाइनु पर्ने माग गरेका छन्। जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नु पर्ने उनको माग छ।