डोटी। अखिल क्रान्तिकारी जिल्ला कमिटी डोटीले सहिद स्मृति आवासीय माद्यामिक विद्यालय राजपुरमा विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि वृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । जिल्ला अस्पताल डोटीको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो। दश वर्षे जनयुद्धमा घाइते, बेपत्ता तथा सहादत प्राप्त परिवारका सदस्य, गरिब, दलित पिछडा वर्गका छोराछोरी अध्ययन गर्ने उक्त विद्यालयमा विद्यार्थीको स्वास्थ्यवस्था बुझ्न शिविरको आयोजना गरिएको बताइएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नीराजन श्रेष्ठको नेतृत्वमा नाक-कान, घाँटी सर्जन, डेन्टल सर्जन तथा जनरल फिजिसियनको टोली खटिएको थियो । टोलीमा डाक्टर डबल बुढा, मेडिकल अफिसर प्रकाश ठकुल्ला, सिनियर डेन्टिस्ट विनोट भट्ट, वरिष्ठ एनेसथेसिया एसिस्टेन्ट चुडामणि पन्त, सिनियर अहेव प्रेम बोगटीलगायत ल्यावको टोली खटिएको थियो ।
युद्धपछि मुलुक शान्तिप्रक्रियामा गएको अवस्थामा समाजमा सबैसँग सहकार्य गरेर जानु अहिलेको प्रमुख आवश्यकता रहेको कार्यक्रमका प्रमुख अतिथि एवं सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए। विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै भट्टले भने, तपाईंहरू पीडाबाट गुज्रिएर समाजमा संघर्ष गरिरहनु भएको छ । अध्ययन गरिरहनु भएको छ । तपाईंहरूले आफ्नो परिवारको सपना साकार पार्नुपर्छ । उनले डोटी अस्पतालले पनि गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताएका थिए ।
त्यहाँ उपचार सम्भव नभएका द्वन्द्वपीडित परिवारको सेती प्रादेशिक अस्पतालमा रेफर गर्दा अस्पतालले उचित सहयोगका साथ स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए।अखिल क्रान्तिकारी जिल्ला कमिटी अध्यक्ष प्रकाश जोशीले शिविरबाट २५० जना लाभान्वित भएको बताए। उनले आगामी दिनमा पनि आफूहरूले यस्ता कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएका छन् । अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज गणेश बमले सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गरेका थिए। यस्तै विद्यार्थीको स्वास्थ्य जाँचमा सहयोग गरेकोमा विद्यालयका प्रअ परमानन्द जोशीले धन्यवाद ज्ञापन गरेका थिए ।

द्वन्द्वपीडितको उपचारका लागि सेती अस्पतालमा सहजीकरण गर्ने छौं : भट्ट
द्वन्द्वपीडितको उपचारका लागि सेती अस्पतालमा सहजीकरण गर्ने छौं : भट्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

