दार्चुला। दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। दार्चुलाको नौगाड गाउँपालिकामा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका-२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो।
घरमै चट्याङ परेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ। घरका अरु मानिस सदरमुकाममा रहेको बताइएको छ। यस्तै, सोही वडामा तीन घर पहिरोमा पुरिएका छन्। त्यसमा मानवीय क्षति भने नभएको वडाध्यक्ष ठगुन्नाले जानकारी दिए।