धनगढी। धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले बिहिबार अस्पताल परिसरमै रक्तदान कार्यक्रमको आयोजना गरेको हो।विश्व फिजियोथेरापी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका २१ जना कर्मचारीहरुले रक्तदान गरेका छन्।
यस्तै ४७ जना फिजियोथेरापीका बिरामीहरुलाई निःशुल्क सेवा प्रदान गरेको हस्पिटलका फिजियोथेरापीस्ट डाक्टर नबिन ढुङगानाले जानकारी दिए। निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए। नेपाल रेडक्रस सोसाइटीसंगको प्राबिधीक सहयोगमा हस्पिटलले रक्तदान कार्यक्रम आयोजना गरेको हो।