अभिनेता पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत, नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको छ। बाल यौन दुरुपयोगको मुद्दामा भने पललाई साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ।
यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ। अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार अभिभावक र मिडियालाई पनि सचेत गराइएको छ। गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। पछि पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान दिएकी थिइन्।