धनगढी। शहरी विपद तथा भुकम्पीय पुर्व तयारी परियोजना सुपर अन्तरगत धनगढीमा खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी छलफल तथा समन्वयात्मक बैठक गरिएको छ । भौतिक पुर्वाधार मन्त्रालयको नेतृत्वमा युनिसेफ, नेपाल रेडक्रस सोसाईटी, धनगढी उपमहानगरपालीका र युएनडिपीको सहयोगमा सुपर परियोजना अन्तरगत खानेपानी तथा सरसफाई शिविर ब्यवस्थापन तथा आपतकालीन आश्रयस्थल वास क्लस्टर बैठक गरिएको हो।
कार्यक्रममा युनिसेफ क्षेत्रीय कार्यालय प्रमुख दिपक श्रेष्ठले विपदको जोखीमको बेलामा सुपर परियोजनाले खानेपानी तथा सरसफाई स्वच्छताका बारेमा के के गरिएको छ सो बिषयमा जानकारी दिएका थिए । उनले भने विपद जोखीम कम गर्न खानेपानी तथा सरसफाईमा के गर्यौँ र अब आउने विपद जोखीम प्रतिकार्यमा के तयारी गर्नुपर्ला सो बिषयका बारेमा भौतिक मन्त्रालयसँग समन्वयात्मक बैठक गरिएको बताए। उनले भने, युनिसेफ, युएनडिपी, युनएन ओमन र एनआरसिद्धारा सञ्चालित कार्यक्रम सुपर परियोजना अन्तरगत विपद जोखीम कमगर्न बिभिन्न तालिम, प्रतिकार्य अभ्यास भैरहेको छ । यसका साथै सुदुरपश्चिम प्रदेशमा पनी शिक्षा,समरक्षेण,आवास,गैर खाद्य लगायतसम्बन्धि कार्यक्रम गरिएको छ। सोही मध्ये विपद जोखीममा खानेपानी तथा सरसफाई कार्यक्रम समेटिएको र त्यसलाई मध्येनजर राख्दै सरोकारबालासँग छलफल तथा निती योजनाहरु बनाइरहेको बताए । त्यसकारण सुदुरपश्चिम प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले मस्यौदा तयार पारेको छ । बृहत साझेदार संस्थामा लगेर,पृष्ठपोषण दिएर, भौतिक मन्त्रालयसंग सहकार्य गरेर कार्यक्रम लागु गरिने युनिसेफ क्षेत्रीय कार्यालय प्रमुख श्रेष्ठले बताए ।
यस्तै कार्यक्रममा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका सुदुरपश्चिम प्रादेशिक प्राबिधीक अधिकृत प्रगती भट्टराईले शहरी विपद तथा भुकम्पीय जोखीमका हिसाबले पुर्व तयारीको आवश्यक रहेको औल्याईन् । जसरी सुपुर परियोजना बिभिन्न स्थानिय तहमा विपद जोखीम न्युनिकरण गर्न बिभिन्न कृयाकलाप गरिरहेको छ । प्रदेश सरकारले पनी तालिम, प्रतिकार्य अभ्यास लगायत सुरक्षाको बन्दोबस्त गर्नुपर्ने सुझाब दिइन् । उनले भनिन्, प्रदेश सरकारले प्रत्येक बर्ष विपद सम्बन्धि थुप्रो बजेट छुट्याउँछ । त्यसको पुर्ण कार्यान्वयन नभइ बजेट फ्रिज जान्छ । अब प्रदेश सरकारले विपद जोखीम न्युनीकरण सम्बन्धि बिभिन्न सचेतना तथा कार्यक्रमहरु ल्याउनुपर्ने,आवश्यक सरसामानको तयारी, विपद जोखीम प्रतिकार्य अभ्यास, तालिम, सचेतना लगायत बिभिन्न कार्य दिन सकिने उनको भनाई छ । यस्तो कार्यमा हामी लागीरहेका छौँ, सुपर परियोजना सहकार्य र साथ दिन तयार छ । भने प्रदेश सरकारले पनी यस्ता गतिबिधी अगाडी बढाउन जरुरी छ उनले भनिन् । भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिब तुलसी राम भटट्राईले बिपद जती बेलापनी आउनसक्ने भएकाले हामीपनी यस्को तयारीमा लागीरहेको बताएका छन् । मन्त्रालयले गर्नुपर्ने सहयोग रहने उनले भनाई छ । मन्त्रालयमा पनी आवश्यक जनशक्ती नभएकाले पनी सुपर परियोजनाले पनी थप यस्ता कार्यक्रमलाई निरन्तरता दिन र मन्त्रालयले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता उनले ब्यक्त गरेका छन् । कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्रालयका सिइओ मोहन बहादुर कुँवर, शाखा अधिकृत मोहन चन्द्र जोशी, कानुन अधिकृत उत्तम गौतम रहेका थिए । यस्तै फाया नेपालका पिआरसिसि धनपती ढुंगेल, कायक्रम संयोजक मान बहादुर डाँगी, बल्र्ड भिजनका एफपि सिएल मुकेश पन्त, वास क्ल्सटरका बिनोद प्रकाश लुहार, लुथरन वल्र्ड फेडेरेसनका मानध्वज खत्री लगायत बिभिन्न सरोकारबालाको सहभागिता रहेको थियो ।भिडियो सहित तल हेनुहोस् भिडियो
https://www.facebook.com/supamedia01/videos/592255989051163