धनगढी। धनगढी चौराहस्थीत केजी अस्पताल प्रा.लीमा एक महिलाको हाडजोर्नीको सफल उपचार भएको छ । बैतडीको सिगास गाउँपालीका ७ की ५० बर्षिया पशुपती साउँदको खुट्टामा ढुङ्गा लागेर हिँड्न नसक्ने उनको सफल उपचार भएको हो । बैतडी सिगास ७ की साउँद घरपालुवा जनावरका लागी बनमा घाँस काट्ने क्रममा माथीबाट आएको ढुङ्गा लागेर घुँडाको छेउनिर चोट लागेको थियो।
असार १४ गते दायाँ घुँडाको अगाडी छेउनिर चोट लागेकी साउँदलाई सामान्य मात्रै चोट लागेको महसुस भएको थियो । तर धनगढीस्थीत केजी अस्पतालमा उपचार गर्दा मात्रै थाहा भयो घुँडा अगाढीको हाडजोर्नी भाँचिएको रहेछ भन्ने कुरा। सुरुमा उपचारका लागी बैतडीको सिगास गाउँपालीकाका स्थानिय अस्पतालमा पुगेकी उनले औषधी उपचार गरेकी थिइन् । तर ठिक नभएपछि उनले भरपर्दो उपचारका लागी धनगढीमा आउनुपर्ने भयो । उनले आफ्नै भाषा भनिन्, त्याँका अस्पताल गए, औषधी दवाई खाए, सबै पुरा गरे, बाहिर घुँडाको घाउ निको भयो तर भित्र हड्डी दुखीरहने समस्या भयो, ठिक भएन् तब धनगढी अाँए, उनले भनिन् । उनी करिब एक महिनापछि धनगढीको केजी अस्पतालमा पुगिन् । १४ दिन अघि उनीसहित उनका देवर छोरा र नातीनीका साथमा धनगढीको केजी अस्पतालमा पुगेकी थिइन्। अहिले पशुपती साउँदको हाडजोर्नीको सफल अप्रेसन भैसकेको छ । उनी बिहीबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनको हाडजोर्नी तथा नसारोग बिशेषज्ञ डाक्टर रितेश पोख्रेलले उपचार गरेका थिए। उनले भनिन्, अहिले ठिक भएको छु, पहिला हिड्न सक्दैनथे, अप्रेसनपछि खुट्टाले हिँड्न सक्ने भएको छु खुसी छु उपचार भएकोमा । उनीसँगै अस्पतालमा आएका उनका देवर हरिश साउँदले भने, धनगढीको केजी अस्पतालमा राम्रो उपचार हुने जानकारी पाएको थिए । हामीले त्यतै भर्ना र उपचार गर्यौँ अहिले भाउजुलाई ठिक भएको छ । मैले एक जना आफन्तलाई यसअघि पनी उपचार गराउन के जी अस्पतालमा ल्याएको थिए, उनले भने । अस्पतालका डाक्टरले रेखदेख र उपचार राम्रो गरेका थिए त्यसैले भाउजुलाई पनी यहाँ ल्याएका हौ। उनले थपे, अरु अस्पतालमा त्यती बिरामीको कियर हुँदैन, उपचारका क्रममा यहाँ त बिरामीलाई पटक पटक हेर्ने, सल्लाह सुझाब दिने डाक्टरले गर्ने ब्यवहार निकै राम्रो लागेको छ अस्पताललाई धन्यवाद छ उनले भने । यस्तै उपचारमा संलग्न हाडजोर्नी तथा नसारोग बिशेषज्ञ डाक्टर रितेश पोख्रेलले सो महिला हिडडुल गर्न समस्या, खुट्टा खुम्च्याउन गाह्रो भएर आएकी थिइन् उनले भने । धुँडानिर हड्डी भाँचिएको रहेछ उनले भने । दुरबिनबाट हेर्दा हड्डी भाँचिएको अप्रेसन गरिएको छ उनले बताए।
अब उनले खुट्टा खुम्चाउन, हिडड्ल गर्ने सकिने छ साथ बिरामीले ३ महिनासम्म डक्टरको सल्लाह सुझाब पालना गर्नुपर्नेछ उनले भने । त्इसपछि प्रक्रिया अनुसार सकै ठिक हुन्छ उनले भनेका छन् । यस्तै डाक्टर पोख्रेलले भने,अर्थोपेडिकमा हाडजोर्नीको अप्रेसन गरिन्छ भन्ने मात्रै नभएर टाउको र करङ बाहेक सबै हड्डीको अप्रेसन तथा उपचार गरिन्छ उनले भने । मेरुदण्ड, मेरुदण्ड भित्रको नसा, हातको औलाहरु, हात तथा खुट्टामा ट्युमरको सर्जरी र अप्रेसन केजी अस्पतालमा गरिने बताएका छन् । २ महिनाको अवधीमा मात्रै सात,आठ जनाको हड्डी भाँचिएको र टुयमरको सफल शल्यक्रिया भएको छ । यस्तै उनले ३३ केभीको करेण्ट लागेका एक जना बिरामीको सफल उपचार भएको पनी जानकारी दिए । उनले थपे, सुदुरपश्चिमबाट धेरै बिरामी बाहिर जानुपर्ने बाध्यतालाई यहाँका अस्पतालले रोकेको बताउँदै घर नजिकैको सेवासुबिधा पाउनका लागी केजी अस्पतालमा आउन उनले अनुरोध गरेका छन् । साथै उनले केजी अस्पतालमा बिभिन्न बिशेषज्ञ डाक्टरहरु रहेको बताउँदै राम्रो उपचारका लागी सेवाको मौका दिन र स्वास्थ्य लाभ पाउन उनले बिरामी बर्गलाई आग्रह गरेका छन्। भिडियोसहित
https://www.facebook.com/ganesh.bajgai.716/videos/574213287747834