कैलाली। धनगढीमा रहेको कैलाली अस्पताल प्रालिले मेडिकल अफिसरसहित बिभिन्न ६ पदमा बिज्ञापन खोलेको छ । कैलाली अस्पताल प्रालिले सुचना जारी गरि निम्न ६ पदका लागी २० जनाको माग गरेको हो । अस्पतालका प्रवन्धक खगेन्द्र राज जोशीका अनुसार उक्त पदपुर्ती गर्न साउन २ गते सुचना जारी गरि अन्तिम दर्खास्त साउन १२ गतेसम्म दिइसक्न भनेका छन् ।
जस अन्तरगत मेडिकल अफिसर २ जना ( MBBS र NMC मा दर्ता), स्टाफ नर्स ५ जना (नर्सिङमा PCL पूरा गरे र दर्ता भएको NNc उम्मेदवारलाई स्थानान्तरण अनुभवलाई प्राथमिकता ), प्रयोगशाला प्राविधिक २ जना ( प्रयोगशाला प्राविधिक दर्ताबाट पूर्ण प्रयोगशाला प्राविधिक नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा), फार्मेसी सहायक २ जना (मान्यता प्राप्त संस्थानबाट फार्मेसीमा डिप्लोमा र नेपाल फार्मेसी काउन्सिलमा दर्ता ), CMA ४ जना (मान्यता प्राप्त संस्थानबाट CMA र नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको), ANM ५ जना (मान्यता प्राप्त संस्थानबाट ANM पूरा गरी नेपाल नर्सिङ प्रोफेसनल काउन्सिलमा दर्ता भएको) ले दर्खास्त दिनसक्ने जनाइएको छ। उक्त पदहरुको अन्तर्वार्ता सम्बन्धी जानकारी दर्खास्तको अन्तिम मिति पछि प्रकाशित गरिने कैलाली अस्पताल प्रा.लि.का प्रवन्धक निर्देशक जोशिले बताए। साथै इच्छुक र योग्य उम्मेदवारले आफ्नो अद्यावधिक सीभी कभर लेटर र अन्य शैक्षिक व्यावसायिक प्रमाणहरू सहितको व्यावसायिक समय 12 श्रावण 2079 मा कैलाली अस्पतालको मानव संसाधन विभागमा आवेदन दिनुपर्ने बताएका छन् । हेर्नुहोस सुचिसहित

