धनगढी। कैलालीको धनगढी ३ स्थीत मायामेट्रो हस्पिटलले ७२ बर्षिया महिलाको सानो आन्द्राको जटिल शल्यक्रिया सफल गरेको छ। कैलालीको घोडाघोडी नगरपालिका- ३ की ७२ बर्षिया तुन्ती देवी चौधरीको सानो आन्द्रा र ठूलो आन्द्रामा दुःखाइ सँगै सुन्निने समस्याले मायामेट्रो हस्पिटलको इमर्जेन्सीमा भर्ना हुन आएकी थिइन् । ७२ बर्ष उमेर पाको भएता पनि समस्यालाई समाधान गर्ने हेतुले अति जटिल शल्यक्रिया सफलताका साथ सम्पन्न गरिएको हस्पिटलले जनाएको छ।
महिला पेट दुख्यो भनेर अस्पतालको इमर्जेन्सीमा आएकी थिईन । उनको सानो आन्द्रा र ठुलो आन्दा बटारिएर सुन्नीएको अवस्थामा रहेको थियो।भने सानो आन्द्राको ८०-९०५ भाग ड्यामेज भएको थियो। सानो आन्द्रा र ठुलो आन्द्राको जोडेपछि हस्पिटलका दक्ष चिकित्सकको टोली र एनेस्थेसिया चिकित्सकको टोलीद्वारा अति जटिल शल्यक्रियाको सफलताका साथ सम्पन्न गरिएको हस्पिटलकी अधिकृत मनिता तामाङले जानकारी दिईन।
केही दिन देखि दुःखाईसँगै आन्द्रामा भएको समस्यालाइ सामाधनका लागि जुटेका चिकित्सकको टोली र एनेस्थेसिया चिकित्सकको टोलीले सल्यक्रियाका लागि बरिष्ट सर्जन डा. बिनय तिमिल्सिना, बरिष्ट सर्जन डा. विकास मण्डल, एनेस्थेटिस्ट डा. मोहन भट्टराई लागयतको टिमद्वारा सफल अप्रेसन गरिएको हो। हस्पिटलमा स्त्रीरोग विशेषज्ञ, बाल रोग विशेषज्ञ,नशा तथा हार्डजोर्नी विशेषज्ञ, फिजिसियन, नाक, कान तघा घाँटी रोग विशेषज्ञ, छाला, यौन तथा सौन्दर्य विशेषज्ञ, मुटु रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ सहितको सेवा रहेको हस्पिटलकी अधिकृत तामाङले जानकारी दिएकी छिन्।

