धनगढी। धनगढीमा रहेको नवजीवन अस्पतालले एक जटिल किसीमको शल्यक्रियाको सफल अप्रेशन गरेको छ । नवजीवन अस्पताल प्रालीले एक महिलाको फीयोमा भेटिएको सिस्टको सफल अप्रेशन गरेको हो । उपचारका लागी अस्पताल पुगेकी ३३ वर्षीया ति बिरामी महिला खाना खाँदा पेट छिटो भरिने(early satiety) र माथिल्लो पेट दुखाइ भएर आएकी थिइन् । उक्त अस्पतालमा चेकजाँचका क्रममा आएकी ति महिलाको फियो(spleen) मा १०से. मी को cyst भेटियो।
Cyst फीयोको मुखमा(splenic hilum) ,रगतका नली हुने जटिल ठाउँमा थियो। अप्रेशन निकै जटिल थियो। धेरै रगत बग्न सक्ने अनि ज्यान नै खतरामा रहन सक्थ्यो। नवजीवन अस्पताल का सर्जन डा. गोबिन्द तिवारी,एनेस्थेसिया डा. सञ्जय साह, ओटी इन्चार्ज लक्ष्मण भट्ट को अगुवाइ मा अप्रेशन सफल गरिएको छ। यस्तो जटिल शल्यक्रियाका लागि बिरामीहरु भारत वा काठमाडौं जाने गर्थे।यस्ता प्रकारका शल्यक्रिया नवजीवन अस्पताल मै हुँदा बिरामीलाई सहज हुने गरेको अस्पताल सीईओ चक्र कठायत बताउँछन्। बिरामीलाई शल्यक्रियामा लाग्ने खर्च पनि आर्थिक अवस्था कमजोर भएको कारण अस्पतालबाट छूट गरी सहयोग भएको बताएका छन् ।


