धनगढीको निसर्ग अस्पतालले जटिल किसिमको शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको छ । ब्लड प्रेसर अती कम र मुटुको धड्कन समेत कम भइसकेका एक बिरामीको सफलतापुर्वक शल्यक्रिया अस्पतालले गरेको हो । असार ६ गते धनगढीको निशर्ग अस्पताल पुगेका कञ्चनपुरको दोधरा चाँदरी नगरपालिकाका मान सिहं बिष्टको अस्पतालले सफलता पुर्वक शल्यक्रिया सम्पन्न गरेको हो ।
अस्पतालका डा.मेराज आलम अन्सारी सहितको टिमले सफलतापुर्वक शल्यक्रिया सम्पन्न गरेका हुन् । डा.अन्सारीका अनुसार स्कुटी दुर्घटनामा परी बिष्ट घाइते भएका थिए । बाहिरि चोट नदेखिएपछि घरमै बसिरहेका उनलाई निकै बढी समस्या देखिएपछि कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल पु¥याइएको थियो, त्यहाँ उपचार गर्न नसकिएपछि धनगढीको निर्शग अस्पतालमा बिष्टलाई ल्याइएको थियो ।
बिष्टको स्वास्थ्य अवस्था चेकजाँच गर्दा ब्लड प्रेसर निकै कम मेशिनमै देखिएन डा.अन्सारीले भने “ति घाइतेको (spleen) फियो फुटेर रगत शरिरभरी फैलिदा शरिरनै सेतो बनिसकेको थियो, उहाँलाई हामीले अति शिरियस अवस्थामा भर्ना लियौँ ।” शरिर सेतो, मुटुको धड्कन निकै बढेको, र अन्य जाँच गर्दा (cbc, Rft, cft, abg, ctr) पेटको एक्सरे लगायत जाँच गर्दा उहाँको अवस्था निकै जटिल देखियो डा.अन्सारीले अनुभव सुनाए “æspleen grade 4 injury देखायो तुरुन्तै अप्रेसन गर्नुपर्ने देखिएपछि अपे्रसनको प्रक्रिया थाल्यौँ, मुटुको चाल रोकिएको र रगतको मात्रा २० प्रतिशत मात्रै पुगेपछि (cpr) गरेपछि मात्रै मुटुको धड्कन चल्यो ।”
अप्रेसन त्यसपछि शुरु ग¥यौँ अन्सारीले भने “बेहोसी सम्बन्धिको डा.हेमन्त ओझा र सुनिल भट्टको यसमा महत्वपुर्ण रोल रह्यो, (spleen) फियो फुटेर जमेको ४ लिटर रगत निकाल्यौँ, फुटेको (spleen) फियो निकाल्यौँ र फुटेका रगतका नसाहरुलाई बाँध्यौँ ।” बिरामीको शरिरमा रगत नरहेपछि (massive transfusion) गरियो र बिरामीलाई १९ पोका रगत चढायौँ डा. अन्सारीले उपचारको अनुभव सुनाउँदै भने “अप्रेसनपछि बिरामीलाई २ दिन भेन्टिलेटरमा राख्यौँ ७ दिन आइसियु र पछि नर्मल वार्ड हुँदै उहाँलाई डिस्चार्ज गरिसकेका छौँ, मलाइ त लाग्छ उहाँले दोश्रो जुनीनै पाउनुभएको हो, ११ बर्षको अवधीमा यो अवस्थाको बिरामीलाई बचाउन सकेको पहिलो केश हो निकै खुशी लागेको छ ।”
अन्तिम अवस्थामा पुगिसकेका बिष्ट बाँच्न सफल भएपछि श्रीमती अनिता बिष्टले खुशी ब्यक्त गरिन् । घरमा सामान्य चोट भनेर शुरुमा उपचारका लागी जानुभएन बढी भएपछि अन्य अस्पताल धाउँदै यहाँ पुगेका हौँ उनले भनिन् “यता पुग्दा उहाँको अवस्था निकै नाजुक भइसकेको थियो तर डक्टरहरुले उपचार सफल गर्नुभयो निकै खुशी छु र अस्पताललाई धन्यबाद दिन चाहान्छु ।”