धनगढी। धनगढीको मुटुमा रहेको नवजिवन अस्पताल जटिल अप्रेसनहरुको उपचारमा अग्रसर हुन थालेको छ । नवजिवन अस्पताल बिगत केही समय देखी शल्यक्रिया सेवामा सुदुरपश्चिमेली जनतालाई सामान्य देखी जटिल अप्रेसनहरुद्धारा सर्वसुलभ तरिकाले सेवा प्रदान गर्दै आएको छ ।
जुन स्वास्थ्य समस्या मध्ये जटिल किसीमको उपचारका लागी आएकी थिइन्, कैलालीको भजनी निवासी एक महिला । जेष्ठ २५ गते एक्कासी पेट दुख्ने र दिशा बन्द भई नवजिवनको इमरजेन्सीमा आइपुगेकी ५५ बर्षिय उनको जाँच गर्दा ठूलो आन्द्राको सुरुवात लेकम बेरिएर VOLVULUS भई कालो भइसकेको रहेछ । समयमै अप्रेसन भयो र आन्द्रालाई बचाउनै सकियो । र रोग अझ जटिलता तर्फ जान पाएन अस्पतालका सिइओ चक्र खडायतले भने । बिरामी क्रमशः सुधारतर्फ गईन् र सन्चो भई डिस्जार्च भइन् । रोगले गर्दा रगतमै सक्रमण भइसकेको र मृर्गौलामा असर परिसकेको AKI थियो उनले भने ।
थोरै पनी जटिलता तर्फ धकिलीसकेका बिरामीहरुलाई छिट्टै नै धनगढीबाट रिफर गरिने चलन थियो । र त्यसले समयमै उपचार हुन नपाउँदा नेपालगञ्ज वा काठमाण्डौँ तथा भारत नपुग्दै ज्यान गुमाउन पर्ने बाध्यता थियो । जुन समस्या अहिले समाधान हुँदै त्यही सेवा नवजिवनमै प्राप्त गरिरहेका छन् सिइयो खडायतले भने । ५४ बर्षिय घोडाघोडी नगरपालीकाका एक बिरामीको मृर्गौलाको ढुंगा भनी रिफर गरिएका थिए । जाँच USG र CT Scan गर्दा देव्रेतिरको मृर्गौलाले काम नगरेको र सुन्नीएर एमदम पातलो GROSS HYORONEPHROSS भइसकेको थियो । साथसाथै मृर्गौलाले पिसाब पनी वनाइरहेको थिएन् । मृर्गौला नै निकाल्ने वाहेक कुनै अरु विकल्प थिएन् । मृर्गौला नै निकाली गरिने अप्रेसन पहिले नेपालगन्ज तथा काठमाडौंमा जानुपर्थो। अहिले धनगढीमै पनी केही स्वास्थ्य संस्थाहरुमा यसको अप्रेसन भइरहेका छन् । र सोही अप्रेसन जटिल भएपनी नवजिवनमा पनी सुरु भएको छ ।